• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकामा ९९ प्रतिशत मङ्कीपक्सको सङ्क्रमण पुरुषमा

kharibot

लस एन्जलस । अमेरिकामा देखिएका मङ्कीपक्सका सङ्क्रमितहरुमध्ये ९९ प्रतिशत सङ्क्रमित पुरुष रहेका एक अध्ययनले देखाएको छ ।

अमेरिकाको सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले हालै गरेको एक अध्ययनमा सो तथ्य भेटिएको बताइएको छ ।

यही अगष्ट ५ मा सार्वजनिक गरिएको सो रिपोर्टमा उक्त कुरा देखिएको हो । सो अनुसन्धान रिपोर्टमा देखाइएअनुसार यसरी पाइएका ९९ प्रतिशत मङ्कीपक्सका सङ्क्रमितहरुमा पनि पुरुषबाट पुरुषमा नै सरेका पाइएको समाचारमा उल्लेख गरिएको छ । 

अमेरिकामा देखिएको यो भाइरसको मे १७ देखि जुलाई २२ सम्मको तथ्याङ्का गरिएको अनुसन्धानमा यो तथ्य भेटिएको हो ।

अमेरिकामा पछिल्लो समयमा मङ्कीपक्सका सङ्क्रमितहरु भेटिने क्रम बढ्दो रहेको छ । अहिले विश्वका दर्जनौँ देशमा यो सङ्क्रमण भेटिएको छ र ती देशमध्ये सबैभन्दा बढी अमेरिकामा नै यसको सङ्क्रमण बढ्दो छ । पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा मात्र मङ्कीपक्सका आठ हजार नौसय भन्दा बढीमा यो सङ्क्रमण भेटिएको पाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै