• २०८१ बैशाख ८ शनिबार

परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी विदेशमन्त्री वाङ यीबीच दुइपक्षिय छलफल भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच प्रतिनिधिमण्डल स्तरीय छलफल भएको छ ।

भेटवार्तामा छलफलमा दुई देशबीच नेपाल-चीन सम्बन्ध र बहुपक्षिय विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।  

अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको छ । 

भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै