• २०८१ बैशाख १३ बिहीबार

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टिकरण

kharibot

विदेशमन्त्री लिज ट्रस

लण्डन । बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ । 

बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताएकी छन् । 

गत साता अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरु भएको थियो । 

‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,” ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भनेकी छन्- “मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ । हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौं, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै