• २०८१ बैशाख ८ शनिबार

मस्कले किन बेचे टेस्लाको शेयर ?

kharibot

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यापारी एलन मस्कले विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको ७९.२ मिलियन कित्ता शेयर ६.९ अर्ब डलरको शेयर बेचेका छन् ।

यसको कारण ४४ अर्ब डलरको ट्विटर सम्झौता हो । मस्कले हाल अदालतमा रहेको ट्वीटरलाई खरिद गर्न बाध्य पारिएमा रकमको जोहो गर्न टेस्लाको शेयर बेचेको बताएका छन् । मस्कले टेस्लाको शेयर आपतकालमा बेच्नबाट बच्न आफुले अहिले नै शेयर बेचेको बताएका हुन् ।

यसअघि मस्कले गत अप्रिलमा टेस्लाको ८.५ अर्ब डलरको शेयर बेचेका थिए । त्यतिबेला उनले थप सेयर बेच्ने योजना नभएको बताएका थिए । यद्यपि, मस्कको नयाँ फाइलिङका अनुसार उनले अगस्ट ५ देखि ९ बीचमा टेस्लाका ७९.२ मिलियन शेयर बेचेका छन् । अब उनीसँग १५.५ करोड शेयर बाँकी छ । मस्कको नयाँ फाइलिङ देखा परेपछि, एक ट्विटर प्रयोगकर्ताले के तपाईंले शेयर बेचेको हो ? भन्ने प्रश्नको जवाफ दिदै आफुले शेयर बेचेको जवाफ दिएका हुन् ।

१० महिनामा ३२ अर्ब डलरको सेयर बिक्री भयो

मस्कले गत १० महिनामा टेस्लाको करिब ३२ बिलियन डलरको शेयर बेचिसकेका छन् । टेस्ला शेयर मंगलबार २.४४ प्रतिशत घटेर ८५० डलर प्रति शेयरमा बन्द भएको थियो ।

टेस्लाको सेयर मे महिनामा हालैको न्यूनताबाट लगभग ३५ प्रतिशत बढेको छ । यद्यपि यो वर्ष अझै पनि २० प्रतिशत तल रहेको छ । यस वर्ष जनवरीमा, टेस्लाको शेयर १२०० डलर प्रतिशेयर नजिक पुगेको थियो । 

ट्विटर बिक्रि प्रकरण अदालतमा 

मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा किन्ने घोषणा गरेका थिए तर पछि उनले उक्त सम्झौता रद्द गरेका थिए । उनले ट्वीटरले अहिलेसम्म फेक र स्प्याम अकाउन्टको संख्या नखुलेको आरोप लगाए । तर, सम्झौता रद्द भएपछि ट्विटरले मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालतमा पुगेको छ । ट्विटरले मस्कलाई प्रति शेयर ५४.२० डलरमा भएको सम्झौता पूरा गर्न चाहन्छ भने मस्कले ट्वीटरले अहिले पनि आफ्ना फेक एकाउन्ट बारे स्पष्ट जानकारी दिएमा खरिद प्रक्रिया पुरा गर्न तयार रहेको बताउदै आएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै