• २०८१ बैशाख १४ शुक्रबार

वेस्टइन्डिजमाथि न्युजील्याण्डको १३ रनको जित

kharibot

काठमाडौँ । न्यूजील्याण्डले वेस्टइण्डिजविरुद्धको पहिलो टी-२० खेल जितेको छ । पाहुना टोलि वेस्टइन्डिजलाई गएराती सम्पन्न खेलमा न्यूजील्याण्डले १३ रनले पराजित गरेको हो ।

न्यूजील्याण्डले दिएको १८६ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

यस खेलमा ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएका न्यूजील्याण्डका बलर मिचेल सान्टनर प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्डले १-० को अग्रता हासिल गरेको छ ।

अब दोस्रो खेल शनिबार हुने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै