मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त

खरीबोट

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल

ad

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि २०७३ मंसिर १९ गते बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युमन पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरेको छ । 

बाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका थिए ।

करिब १९ वर्ष नबिल बैकका विभिन्न विभागहरुको जिम्मेबारी बहन गर्दै करिब सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत पोखरेल सन् २०१६ अर्थात २०७३ मंसिर १९ गतेदेखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेका थिए । 

बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त हुन गएको हुँदा पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको हो ।

पोखरेलको कार्यकाल २०७५ जेष्ठ १ गते देखि लागु हुने छ भने सो समयसम्म ढकाल नै प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहने छन् । 
 
 

सम्बन्धित समाचार

मुक्तिनाथका ग्राहकहरुलाई गोदावरी भिलेज रिसोर्ट र होटेल ग्रिनवीच भिलेजमा विशेष छुट 

काठमाडौँ।  मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाण्डौंको ठमेलमा

काठमाडौँ। आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौको ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ

मुक्तिनाथ विकास बैंकको वरदान मुद्दती योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकहरुलाई नयाँ अर्को सेवाको रुपमा मुक्तिनाथ वरदान मुद्दती योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्षअवधिमा न्यूनतम

मुक्तिनाथ विकास बैंक र ब्लुक्रस अस्पतालबीच सहकार्य

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र ब्लुक्रस अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी