• २०८१ बैशाख ८ शनिबार

एमालेले छान्यो पाँच मन्त्री र एक राज्यमन्त्री, को को बन्दै छन् मन्त्री ?

kharibot

काठमाडौं । नेकपा एमालेले पाँच मन्त्री र एक राज्यमन्त्रीको छनौट गरेको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका छन् ।

एमालेबाट सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री बन्ने भएका छन् भने त्यस्तै गोकर्ण विष्ट श्रम तथा रोजगारमन्त्री बन्ने भएका छन् ।

 दुवै जना गुल्मी क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन जितेर आएका नेता हुन् । त्यस्तै एमालेबाट युवा नेता रविन्द्र अधिकारी पर्यटन मन्त्री बन्ने भएका छन् भने रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री बन्ने भएका छन् ।

त्यस्तै जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्रालय र गोकुल बास्कोटा सूचना तथा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।

यस्तै यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नयाँ मन्त्रीहरुले आजै अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शित्तल निवासमा शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै