• २०८१ बैशाख १२ बुधबार

कोरोना अपडेट– थप ७८१ जनालाई संक्रमण, दुई जनाको मृत्यु 

kharibot

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको अपडेट अनुसार ४ हजार ७ सय १२ जनामा परीक्षण गर्दा ७ सय ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै २ हजार २ सय ९० जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ४ सय १९ जनामा र २ हजार ४ सय २२ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । 

योसँगै संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ८४ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ सय ११ जना संक्रमित निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै