• २०८१ बैशाख १३ बिहीबार

कोरोना अपडेट- थप २६३ जनालाई संक्रमण, दुई जनाको मृत्यु

kharibot

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३१६५ जनामा परीक्षण गर्दा २६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै १३९९ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा र १७६६ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । 

योसँगै संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९ सय ८६  पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमित निको भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै