• २०८१ बैशाख १२ बुधबार

पिएसजीको जितमा नेइमारको दुई गोल

kharibot

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले लिग वानमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लिएरलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा नेइमारले २ गोल गरेका थिए भने किलियन एम्बाप्पे र रोनाटो सान्चेजले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल मोन्टपेल्लिएरका फालाए साकोले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै मोन्टपेल्लिएरका लागि वाह्बी खाज्री र इंजो एमबिआयीले एक एक गोल गरेका थिए ।

पिएसजीको फ्रेन्च लिग वानमा यो लगातार दोस्रो जित हो । यो जितपछि २ खेलमा ६ अंकसहित पिएसजी शिर्ष स्थानमा कायम रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै