• २०८१ बैशाख १४ शुक्रबार

प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्हमा चुनाव लड्ने समझदारी

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी चुनावमा एउटै चुनाव चिन्हमा चुनाव लड्ने समझदारी भएको छ ।

आइतबार दुवै नेताबीच भएको भेटवार्तामा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर अघि बढ्ने विषयमा समझदारी भएको बताइएको छ । यस समझदारीलाई छिट्टै औपचारिक घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।

जनता समाजवादी पार्टीबाट अलगिएर छुट्टै दल खोलेका डा. भट्टराईले गठबन्धनमा सहभागी भएर ४  मंसिरमा हुने आमनिर्वाचनमा जाने तयारीमा रहेका छन् । 

केही समयअघि भट्टराईले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूहरुलाई गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए । डा. भट्टराईले गठबन्धन निर्माणमा आफ्नो पनि योगदान भएकाले गठबन्धनमा आफ्नो भागबण्डा समेत खोजेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै