• २०८१ बैशाख १३ बिहीबार

वास्तुशास्त्री भण्डारी सम्मानित

kharibot

काठमाडौँ । दक्षिण एशियाली ज्योतिष महासंघ नेपालद्धारा धुलिखेलमा आयोजित अन्तराष्ट्रिय वास्तु सम्मेलनमा वास्तुशास्त्री हरि प्रसाद भण्डारी सम्मानित भएका छन् । उनलाई सम्मेलनका प्रमुख अतिथी संघिय व्यवस्थापिका संसद उपसभामुख पुष्पा भुसालले दोसल्ला ओढाएर कदर पत्रबाट सम्मान गरेकी हुन् । 

नेपाल ज्योतिष परिषद जिल्ला समिती धनकुटाका वर्तमान अध्यक्ष समेत रहेका भण्डारी विगत १० वर्षदेखि वास्तु सम्बन्धि अध्ययन, अनुसन्धान, प्रशिक्षण एवं परामर्श प्रदान गर्दै आएका छन् ।

भण्डारीलाई वास्तुशास्त्रका माध्यमबाट समाजमा महत्वपुर्ण योगदान पुर्याए बापत उक्त सम्मान गरिएको दक्षिण एशियाली ज्योतिष महासंघ नेपाल समितिका अध्यक्ष पण्डित दिननाथ काफ्ले बताए । 

साउन २८ र २९ गरि दुइ दिन सम्म चलेको सम्मेलनमा नेपाल एवं भारतबाट गरि  वास्तुशास्त्रसंग सम्बन्धित क्षेत्रमा कार्यरत ८५ विद्धत वर्गको सहभागिता रहेको थियो ।

नेपालका बरिष्ठ वास्तुविद डा. माधव मंगल जोशीले कार्यपत्र प्रस्तुत गरेका थिए । साथै भारतबाट आएका संस्कृत विश्वविद्यालयका उपकुलपति डा. सुरेश कुमार सिंह, प्राध्यापक डा. अशोक कुमार मिश्रा,  विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, दक्षिण एशियाली ज्योतिष महाँसंघ अन्तराष्ट्रिय समितीका अध्यक्ष डा. सहदेव विष्ट लगायतले वास्तुशास्त्रको प्रयोग र उपयोगिताका बारेमा महत्वपूर्ण प्रस्तुती दिएका थिए । 

समापन समारोहमा प्रमुख अतिथी संघिय व्यवस्थापिका संसदका उपप्रमुख पुष्पा भुसालले प्राकृतिक सिद्धान्तमा आधारित वास्तुशास्त्रको उपयोगबाट व्यक्तिमा सकारात्मक उर्जाको प्रवाह गरि सुन्दर एवं सकारात्मक जिवन यापनमा सहयोग पुग्ने बताइन । युवा वर्गमा सकारात्मक सोचको बिकासका लागि वर्तमान समयमा विज्ञान सम्मत कुराहरुको प्रचार प्रसार गरि आफ्नो दैनिक जिवनमा हरेक नागरिकले यसको प्रयोग गर्नु आवश्यक भएको उनले बताइन ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै