• २०८१ बैशाख १३ बिहीबार

सलमान रुस्दी आक्रमण प्रकरणमा बेलायतले इरानमाथि प्रतिबन्ध लगाउनुपर्छ- ऋषि सुनक

kharibot

लन्डन । बेलायतका भावी प्रधानमन्त्रीको दौडमा रहेका नेता ऋषि सुनकले लेखक सलमान रुस्दीलाई अमेरिकामा छुरा प्रहार गरेको विषयमा इरानमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।

आफ्नो पुस्तक ‘द सैटानिक भर्सेस’ लाई लिएर लामो समयदेखि ज्यान मार्ने धम्की खेप्तै आएका रुस्दीलाई शुक्रबार अमेरिकाको वेस्टर्न न्युयोर्क राज्यमा छुरा प्रहार गरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका  थुप्रै नेताहरूले उक्त घटनाको निन्दा गर्नु भएको छ । "यदि सलमान रुस्दीमाथिको आक्रमण इरानको अपरेशन हो र आक्रमणकारीले इरानको प्रभावमा यो गरेको हो भने यसले हाम्रो इस्लामिक क्रान्तिको सफलता प्रमाणित गर्छ," भनी सुनकले टिप्पणी गर्नु भएको टेलिग्राफ पत्रिकाले उल्लेख गरेको छ। 

७५ वर्षीय लेखक रुस्दी सन् १९८१ मा आफ्नो उपन्यास 'मिडनाइट्स चिल्ड्रेन' बाट चर्चामा आएका थिए। भारतमा जन्मेका लेखकले यो उपन्यासका लागि बुकर पुरस्कार समेत जितेका थिए ।

तर उनको सन् १९८८ को पुस्तक 'द सैटानिक भर्सेस' का कारण तत्कालीन इरानी क्रान्तिकारी नेता अयातोल्लाह रुहोल्लाह खोमेनी प्रशासनले उनका विरुद्ध फतवा जारी गरेको थियो।  सो धम्कीले उनी केही वर्षसम्म भूमिगत थिए। 

यसैबीच इरानको पछिल्लो राजनीतिक विकासक्रमलाई औंल्याउँदै नेता सुनकले संयुक्त विस्तृत कार्य योजना (जेसीपीओए) भनेर चिनिने इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उसको प्रयासलाई व्यर्थ प्रयास भनेका छन् । 

उनले आणविक हतियार भएको इरानले आफ्नो सहयोगी राष्ट्र इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गर्ने र ब्यालिस्टिक मिसाइलका विभिन्न गतिविधिले सिङ्गो युरोपलाई खतरामा पार्ने टिप्पणी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै