• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानमा बाढीको असर,  १७ जनाको मृत्यु

kharibot

अफगानिस्तान । अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्र जनाको मृत्यु भएको छ ।देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले जनाएका छन् ।   

शिनवारीका जिल्ला प्रमुख मुल्लाह खान मोहम्मदले सोमबार दिएको जानकारीअनुसार आइतबार बेलुका अत्यधिक बर्षापछि बाढी पहिरो आएको हो । 

मृत्यु भएका मध्ये शिनवारीका १३ जना र छिमेकी जिल्ला सियागुर्डका चार जना रहेको पनि उनले बताए । 

बाढी पहिरोका कारण अरु पनि कतिपय गाउँलेहरु बेपत्ता भएको बताइएको छ । यस बारेमा थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् । 

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको र त्यसका लागि उद्धारकर्ता तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । बाढी पहिरोका कारण मृत्यु भएका, बेपत्ता भएका, घाइते भएका र क्षति भएकाको विवरण स्पष्ट भइनसकेको सरकारी अधिकारीहरुको भनाई छ । 

गत महिना मात्रै अफगानिस्तानमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको र धेरै भौतिक संरचनामा क्षति भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै