• २०८१ बैशाख ६ बिहीबार

नेदरल्याण्डद्वारा नेपाललाई १९० रनको लक्ष्य 

kharibot

काठमाडौँ ।  आसीसी विश्वकप छनौटको सातौ र आठौ  स्थानको लागि आजको खेलमा नेदरल्याण्डले नेपाललाई १९० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनाएको हो । नेदरल्याण्डका लागि बस डे लीड़ेले सर्वाधिक ३९ रन बनाए भने म्याक्स ओ दाउदले २८, भान डेर मेर्वे र स्कट एडवर्ड्सले २५-२५ रन बनाएका थिए ।

पुछारका ब्याट्सम्यान पिटर सीलरले २० र शेन स्नाटरले  २३ रन नटआउट बनाएका थिए ।

नेपालका तर्फबाट सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । सोमपालले नेदरल्याण्डका दुई ब्याट्सम्यानलाई शुन्य रन मै पेभिलियन फर्काएका थिए । उनले १० ओभरमा २ मेडन गर्दै २४ रन दिएर ४ विकेट लिएका छन् । आजको खेलपछि सोमपालले लिस्ट ए क्रिकेटमा ३७ खेलमा ५२ विकेट लिएका छन् ।

त्यस्तै नेपालका अन्य बलर सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिए भने प्रतियोगितामै पहिलो खेल खेलेका शक्ति गौचनले एक विकेट लिए ।

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस्   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै