म आफुले गोल गर्नेभन्दा पनि टिम बढी खेलोस् भन्ने चाहन्छु – लियोनेल मेसी 

खरीबोट
ad

काठमाडौँ ।  बार्सिलोना र अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले गोल गर्ने क्रममा आफु ‘कम स्वार्थी’ रहेको बताएका छन् ।

अमेरिकन टिभी ला कोर्निसालाई एक अन्तर्वार्ता दिदै मेसीले युवा अवस्थामा भन्दा आफु अहिले कम स्वार्थी भएको बताएका छन् । 

आफु अहिले गोल गर्ने भन्दा पनि टिमले कसरी राम्रो गर्नसक्छ भन्ने बारे नै बढी सोचिरहेको बताए । जबकी यसअघि करिअरको सुरुवाती दिनमा गोल गर्ने पहिलो प्राथमिकता हुन्थ्यो, मेसीले भने ।

यस सिजनमा सबै खाले प्रतियोगितामा बार्सिलोनाका लागि ३४ गोल गरेका मेसीले अघिल्लो साता चेल्सीविरुद्धको च्याम्पियन्स लिगको खेलमा डेम्बेलेलाई दिएको पासको विश्वभर चर्चा भएको थियो । आफुले दुई गोल गरेको सो खेलमा चेल्सीलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउन मेसीले निर्णायक भूमिका खेलेका थिए । 

३० बर्षिय मेसीले अन्तर्वार्तामा आफु अहिले बल बढी अन्य खेलाडीलाई पास दिने र सेल्फिस नखेल्ने गरेको बताएका छन् । मेसी भन्छन- ‘म बार्सिलोनालाई अर्को स्थानमा लैजान चाहन्छु, म त्यसरी नै दौडी रहेको छु, जसरी पहिला दौडिन्थे, तर अहिले फरक तरिकाले ।’ उनले टिमले बढी खेलोस् भन्ने चाहेर नै आफुले बल डिफेन्ड नगर्ने र पास बढी दिने गरेको बताए ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालीको क्लब रोमासँग परेको बार्सिलोनाले अब आइतबार ला लिगामा एथलेटिक बिल्बाओसँग खेल्दै छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा मेसीको जादु,  ह्याट्रिक हानेर बार्सिलोनालाई जिताए 

काठमाडौँ।  च्याम्पियन्स लिगमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा नेदरल्यान्ड्सको क्लब पीएसभीविरुद्धको खेलमा बार्सिलोनाले ४-० को जित निकालेको छ।   बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् भने एक

ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा 

काठमाडौँ।  ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनालाई लिगमा सुरुवाती फाइदा भएको छ। गएराती बह्येको खेलमा रियल म्याड्रिड एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएपछि रियल म्याड्रिड बार्सिलोनाभन्दा पछाडी परेको हो

रियल सोसीइडाडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, स्वरेज र डेम्बेलेले गरे गोल  

काठमाडौँ।  ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायम राखेको छ। गएराती भएको खेलमा बार्सिलोनाले रियल सोसीइडाडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  खेलको ६२ मिनेटसम्म १-० ले पछि परेको बार्सिलोनाले तीन

मेसी बिना ग्वाटेमालाविरुद्ध अर्जेन्टिनाको सहज जित, साइमिओनेका छोराले गरे डेभ्यु गोल 

काठमाडौँ।  मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई पराजित गरेको छ।  स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाले ग्वाटेमालालाई ३-० गोल अन्तरले पराजित गरेको हो। मेसी नखेलेको खेलमा अर्जेन्टिनाका लागि जियोभानी साइमिओने र गोञ्जालो