• २०८१ बैशाख ८ शनिबार

म आफुले गोल गर्नेभन्दा पनि टिम बढी खेलोस् भन्ने चाहन्छु – लियोनेल मेसी 

kharibot

काठमाडौँ ।  बार्सिलोना र अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले गोल गर्ने क्रममा आफु ‘कम स्वार्थी’ रहेको बताएका छन् ।

अमेरिकन टिभी ला कोर्निसालाई एक अन्तर्वार्ता दिदै मेसीले युवा अवस्थामा भन्दा आफु अहिले कम स्वार्थी भएको बताएका छन् । 

आफु अहिले गोल गर्ने भन्दा पनि टिमले कसरी राम्रो गर्नसक्छ भन्ने बारे नै बढी सोचिरहेको बताए । जबकी यसअघि करिअरको सुरुवाती दिनमा गोल गर्ने पहिलो प्राथमिकता हुन्थ्यो, मेसीले भने ।

यस सिजनमा सबै खाले प्रतियोगितामा बार्सिलोनाका लागि ३४ गोल गरेका मेसीले अघिल्लो साता चेल्सीविरुद्धको च्याम्पियन्स लिगको खेलमा डेम्बेलेलाई दिएको पासको विश्वभर चर्चा भएको थियो । आफुले दुई गोल गरेको सो खेलमा चेल्सीलाई च्याम्पियन्स लिगबाट बाहिर पठाउन मेसीले निर्णायक भूमिका खेलेका थिए । 

३० बर्षिय मेसीले अन्तर्वार्तामा आफु अहिले बल बढी अन्य खेलाडीलाई पास दिने र सेल्फिस नखेल्ने गरेको बताएका छन् । मेसी भन्छन- ‘म बार्सिलोनालाई अर्को स्थानमा लैजान चाहन्छु, म त्यसरी नै दौडी रहेको छु, जसरी पहिला दौडिन्थे, तर अहिले फरक तरिकाले ।’ उनले टिमले बढी खेलोस् भन्ने चाहेर नै आफुले बल डिफेन्ड नगर्ने र पास बढी दिने गरेको बताए ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालीको क्लब रोमासँग परेको बार्सिलोनाले अब आइतबार ला लिगामा एथलेटिक बिल्बाओसँग खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै