समृद्धिको लक्ष्य हासिल गर्न पूर्वसांसदको भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली

खरीबोट
ad

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्वसांसदको भूमिका महत्वपूर्ण हुने बताएका छन्  । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वसांसद मञ्चका पदाधिकारीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको’ चाहना पूरा गर्न पूर्वसांसदको अनुभव कामयावी हुने बताए । 

“पूर्वसांसद मञ्च भनेको संसद् र सरकारको सल्लाहकार नै हो”–प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु सांसद भएका बेला वा सरकारमा भएका बेला गरेका कामको अनुभवले वर्तमान संसद् र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ ।” 

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वले खेल्न सक्ने भएकाले राष्ट्रिय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको कथन थियो । सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, “आपसमा भिडाएर द्वन्द्वको खेती गर्नेहरु सबैतिर सक्रिय हुन्छन् । उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउँछन् ।” 

नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीले त्यसलाई अस्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आएकाले त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

“लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लोस्तरका जनताले महसुस नगर्ने”–प्रधानमन्त्री ओलीले भने, “जनताले महसुस गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको प्रमुख दायित्व हो ।” 

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिसनका भरमा नभई न्यायोचित ढंगले हुनुपर्ने बताए । “सरकारको भ्रष्टाचार निर्मूल गर्ने नीति छ”–प्रधानमन्त्री ओलीले भने, “राजनीतिक, शक्तिका आडमा कसैले पनि कानुनविपरीत काम गरेको सरकारलाई सह्य हुँदैन ।” 

मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वको टोलीले पूर्वसांसदको हकहितका लागि प्रधानमन्त्री ओलीसँग विभिन्न माग राखेको थियो । 

सम्बन्धित समाचार

सुस्तरी चल्ने तथा दौडन खोज्ने बीचको द्वन्द्वले अलमल भयो - प्रधानमन्त्री ओली 

काठमाण्डौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षौदेखिको विकास र समृद्धिको चाहना पूरा गर्ने बाहेक कुनै पनि बहानाबाजी जनतालाई सैह्य नभएको सरकारले बुझेको बताएका छन्। संविधान दिवसका अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा भएको विशेष

निर्मला हत्या प्रकरणको प्रारम्भिक छानबिनमा त्रुटि भयो - प्रधानमन्त्री ओली 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारवाही हुने प्रतिबद्धता दोहोराएका छन्।  ट्वीटमार्फत प्रधानमन्त्री ओलीले आफू पनि निर्मलाको अभिभावक भएकाले निर्मलाको हत्यारालाई कसैगरी छुट नहुने

प्रधानमन्त्रीको अपरिपक्व बोली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली कति अपरिपक्व छन् भन्ने कुरा त उनको बोलीले नै पुष्टि गरेको छ । धेरैजसो उखानटुक्का भनेर विपक्षीहरुलाई शब्दाक्रमण गर्ने ओली अहिले पार्टीको अध्यक्षमात्र हैन, देशकै

प्रधानमन्त्री ओली भन्छन्, ‘म कसैको मुख होइन कामको परिणाम हेर्छु’

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।  सुदुरपश्चिम विकासमा पछि पर्‍यो भनेर