• २०८१ बैशाख ७ शुक्रबार

सबैलाई रोजगारीको ग्यारेन्टी हुन्छ : मुख्यमन्त्री भट्ट

kharibot

बैतडी  ।  प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताएका छन् । 

बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताए । सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन् उनले भने “अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।” 

मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उनले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै