बैतडी । प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताएका छन् ।
बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताए । सरकार गठन भएको एक महिनामात्रै भएकाले अहिलेनै सबै कुरा हुन सकेका छैनन् उनले भने “अबको केही वर्षभित्रै सबैले रोजगारी पाउँछन् ।”
मदिराका कारण ७ नं प्रदेशमा महिला तथा बालबालिका पीडित भएको गुनासो बढेको बताउँदै उनले मदिराको लाइसेन्स वितरण गर्दा ध्यान दिनुपर्ने बताए ।