• २०८१ बैशाख ५ बुधबार

नेपाल नेदरल्याण्डसँग पराजित, विश्वकप छनौटमा अठौ स्थानमा 

kharibot

काठमाडौँ । आइसीसी विश्वकप छनौटमा नेपाल अन्तिमले आठौ स्थानमा रहदै आफ्नो यात्रा टुंगाएको छ । आज भएको सातौ स्थानको प्लेअफमा नेदरल्याण्डसँग ४५ रनले पराजित हुदै नेपाल प्रतियोगितामा आठौ स्थानमा रहेको छ ।

नेपालले प्रतियोगितामा सुरुका तीन खेलमा हार बेहोरेपनि दुई खेल लगातार जित्दै एकदिवसीय मान्यता पाउन सफल भएको थियो ।

नेदरल्याण्डले दिएको १९० रन को लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा १४४ रन बनाउदै आफ्ना सबै विकेट गुमाएको थियो ।

नेपालको सधै झैँ ओपनिंग जोडी सस्तैमा आउट भएपछि मिडल अडर दबाबमा आएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रन बनाए बहने दिपेन्द्र सिंह ऐरीले २५ र कप्तान पारस खड्काले २२ रन बनाए । सन्दीप लामिछाने १४ रन बनाएर नट आउट रहे ।

नेदरल्याण्डका बलर रोयेलोफ भान डेर मेर्वेले सर्वाधिक ४ विकेट लिएका थिए भने फ्रेड कलासेन र पिटर सेलारले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनाएको थियो । नेदरल्याण्डका लागि बस डे लीड़ेले सर्वाधिक ३९ रन बनाए भने म्याक्स ओ दाउदले २८, भान डेर मेर्वे र स्कट एडवर्ड्सले २५-२५ रन बनाएका थिए ।

पुछारका ब्याट्सम्यान पिटर सीलरले २० र शेन स्नाटरले  २३ रन नटआउट बनाएका थिए ।

नेपालका तर्फबाट सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए । सोमपालले नेदरल्याण्डका दुई ब्याट्सम्यानलाई शुन्य रन मै पेभिलियन फर्काएका थिए । उनले १० ओभरमा २ मेडन गर्दै २४ रन दिएर ४ विकेट लिएका छन् । आजको खेलपछि सोमपालले लिस्ट ए क्रिकेटमा ३७ खेलमा ५२ विकेट लिएका छन् ।

त्यस्तै नेपालका अन्य बलर सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिए भने प्रतियोगितामै पहिलो खेल खेलेका शक्ति गौचनले एक विकेट लिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै