• २०८१ बैशाख ६ बिहीबार

वाटफोर्डमाथि लिभरपुलको शानदार जित, सलाह एक्लैले गरे ४ गोल 

kharibot

काठमाडौँ ।  इङलिश प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।  गएराती भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५-० ले पराजित गरेको हो । 

लिभरपुलको जितमा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले ४ गोल गरेका थिए भने रोबर्ट फिर्मिनोले एक गोल गरे । 

खेलको चौथो मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४३औ मिनेटमा अर्को गोल गर्दै सलाहले लिभरपुललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । फिर्मिनोले खेलको ४९औ मिनेटमागोल गरे भने सलाहले खेलको ७७औ र ८५औ मिनेटमा गोल गर्दै लिभरपुललाई ५-० को शानदार जित दिलाए । 

लिभरपुलका म्यानेजर जर्गन क्लोपले घरेलु मैदानमा यस खेलसँगै ५० प्रिमियर लिग खेल खेलेका छन् ।  जसमा २८ जित १८ बराबरी र केबल ४ खेलमा हार बेहोरेका छन् । 
वाटफोर्डले लिभरपुलको घरेलु मैदानमा अहिलेसम्म खेलेका ११ खेलमा १० खेलमा हार बेहोरेको छ । 

लिभरपुलका लागि मोहमद सलाहले यस सिजनमा कुल ३६ गोल गरेका छन् ।  डेभ्यु बर्ष मै ३६ गोल गर्ने सलाह लिभरपुलका पहिलो खेलाडी हुन् ।

यो जितसँगै लिभरपुल ३१ खेलमा ६३ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३१ खेलमा ३६ अंकसहित लिगको ११औ स्थानमा रहेको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै