राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै

खरीबोट
ad

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आज हुदै छ । 

उपाध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको हो । 

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि शनिबार ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । 

राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्दछिन् । 

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ । 

राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् । राष्ट्रियसभामा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले माओवादी केन्द्रकी उम्मेदवार शशिकला दाहाल निर्वाचित हुने लगभग निश्चित प्राय: रहेको छ ।
 

सम्बन्धित समाचार

राष्ट्रिय सभाबाट सात विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार

राष्ट्रियसभाको सुशासन समितिको सभापतिमा काँग्रेसकी सांसद भट्ट निर्विरोध निर्वाचित

काठमाडौँ। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसका तारादेवी भट्ट निर्वाचित भएकी छन् ।  सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आज नै नवनिर्वाचित

राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले शपथ लिए

काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार

राष्ट्रियसभाका तीन समिति सभापतिमा उम्मेदवारी दर्ता 

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ ।  संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा