• २०८१ बैशाख १३ बिहीबार

वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

kharibot

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई  दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ ।

शनिबार  बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज  ३५.३  बलमा  सबै विकेट गुमाउदा मात्र एक  सय ६१ रनमा समेटियो ।

उसका याननिची कारियहले  सर्वाधिक ५२ रन बनाए । यस्तै, अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै  दुई सय १२ रन बनायो । उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए  । यस्तै, ड्यारियल मिचेलले ४१  रनको योगदान गरे । वेस्ट इन्डिजका  केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै