• २०८१ बैशाख ८ शनिबार

सिद्धार्थ बैंकले १४ प्रतिशत बोनस शेयर दिने 

kharibot

काठमाडौँ  । सिद्धार्थ बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ  ।

उक्त साधारणसभामा  बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ६,८२,६१,१७,१५५/- को १४ प्रतिशत अर्थात रु. ९५,५६,५६,४०२/- (पन्चानब्बे करोड छपन्न लाख छपन्न हजार चार सय दुई रुपैंया) बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यसरी पारित १४ प्रतिशत बोनस शेयर र यस अघिनै स्वीकृतभई जारी भइरहेको  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।

बैंकले हालै देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटीएम र ६८७ पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 
आर्थिक वर्ष २०७४-०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोहि अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै