• २०८१ बैशाख ११ मंगलबार

एफए कप सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग भिड्ने 

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा टोटनह्यामसँग परेको छ । 

क्वाटरफाइनलमा ब्राइटनलाई पराजित गरेर सेमिफाइनलमा पुगेको युनाइटेडले टोटनह्यामलाई फेस गर्ने भएको छ भने चेल्सीले साउथहम्पटनसँग सेमिफाइनल खेल्ने छ ।
एफए कप सेमिफाइनलको पहिलो लिग अप्रिल २१ मा हुने छ जुन हाल टोटनह्यामको होम मैदान रहेको विम्ब्लीमा हुने छ ।

त्यस्तै गतबर्षको एफए कपको उपविजेता टिम चेल्सीले अप्रिल २२ मा साउथहम्पटनको सामना गर्ने छ । आइतबार भएको खेलमा साउथहम्पटनले विगानलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुग्यो भने चेल्सीले लेस्टर सिटीलाई पराजित गर्दै २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।  

यस सिजनको प्रिमियर लिग म्यानचेस्टर सिटीले जित्ने लगभग तय भएपछि यी चार क्लबका लागि एफए कप जितेर कुनै न कुनै उपाधि जित्ने यो सहि मौका हुन् सक्दछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै