कसरी शक्तिशाली बने पुटिन ?  

खरीबोट

काठमाडौँ । रुसको राष्ट्रपतिमा भाल्दिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएका छन् । उनलाई रुसी जनताले ७६ प्रतिशत भन्दा बढी मत द्येर विजयी बनाएका छन् । यो जितसँगै पुटिन अब ६ बर्षका लागि राष्ट्रपति बनेका छन् ।

ठुलो जनमतका साथ् पुटिनअब रुसका शक्तिशाली राष्ट्रपति बनेका छन् । उनलाई २१औ शताब्दीका रुसका सबैभन्दा शक्तिशाली नेताका रुपमा हेरिन थालेको छ । 

सन् १९९९ मा प्रधानमन्त्री बनेका पुटिन २००० देखि २००८ सम्म राष्ट्रपति बने त्यसपछि २००८ देखि २००१२ सम्म फेरी प्रधानमन्त्री बने र २०१२ मा फेरी राष्ट्रपतिमा निर्वाचित भए । २०१२ मा राष्ट्रपतिमा निर्वाचित हुदा उनले ६४ प्रतिशत मत लाएका थिए भने यस पटक उनी त्यो भन्दा १२ प्रतिशत बढी मत ल्याएर विजयी भएका छन् ।

पुटिन रुसमा लामो समयसम्म सत्तामा रहने नेताका रुपमा रहेका छन् । अब उनि सन् २०२४ सम्म सत्तामा हुनेछन् । रुसमा मात्र होइन पुटिनको अन्तर्राष्ट्रिय राजनीतिमा पनि अहिले निकै ठुलो प्रभाव रहेको छ । सिरियामा उनको भूमीक को आलोचना भएपनि अमेरिकाको तेजबोध गर्न अहिले पुटिन सबै भन्दा ठुलो नेताको रुपमा अगाडी आएका छन् ।

उनको विगत कस्तो थियो र के कुराले उनि यति शक्तिशाली भए त भन्ने बारे केहि महत्वपूर्ण जानकारी :

पुटिन आफ्ना दुई भाईका साथ साधारण घरमा हुर्किएका हुन् । उनि २५ सालको उमेरसम्म आफ्ना माता पितासँग नै बस्दथे । गरिवी र भोकलाई नजिकबाट चिनेका पुटिनले कानुनको पढाई सकेर सन् १९७५ मा रुसको खुफिया एजेन्सीमा भर्ना भए जँहाबाट उनि रुसको सत्ताको बाटो पहिल्याउन सफल भए ।

सन् १९९९ डिसेम्बर ३१ मा तत्कालिन रुसी राष्ट्रपति बोरिस एल्सिनले विरामी भएपछि अचानक राष्ट्रपतिबाट राजीनामा दिए । त्यति बेलासम्म पुटिन राजनीतिक तरिकाले सत्ता सम्हाल्ने स्थितिमा पुगिसकेका थिए । एल्सिनले राजीनामा दिएपछि पुटिनले अन्तरिम राष्ट्रपतिको रुपमा सत्तामा पहिलो पल्ट पुगे । त्यसपछि सन् २००० मा भएको निर्वाचनमा उनलाई जनताले मत दिएर नै निर्वाचित गराए ।

रुसमा सत्तालाई आफ्नो मुठीमा राख्ने केहि धनि बर्ग र एल्सिनका समर्थकले पुटिनलाई सजिलै तोड्न सकिन्छ भन्ने बुझेर उनलाई सजिलै सत्तामा आउन दिएको पनि बताईन्छ । तर पुटिनले उनीहरुलाई गलत साबित गर्दै सत्तामा लामो समय टिक्न सफल भए ।

सत्तामा आउना साथ पुटिनको निसानामा मिडिया पर्यो । मिडियालाई नियन्त्रणमा राख्दै मिडियालाई पुटिनले सरकारका काम र आफ्नो व्यक्तिगत प्रचारलाई जनतासम्म लैजाने माध्यमको रुपमा बढी प्रयोग गराउन थाले र यो अहिलेसम्म पनि त्यसरी नै चलिरहेको छ । रुसमा हाल भएका ३ हजार टिभी स्टेशन जसले राजनीतक समाचार निकै कम दिन्छन् र दिएपनि सरकार नियन्त्रित समाचार नै बढी हुन्छन् । अहिले रुसमा स्वतन्त्र समाचार भनेको इन्टरनेट मात्र हो ।

पुटिन सत्तामा आएपछि निशानामा परेको अर्को क्षेत्रको त्यंहाको धनीमानी बर्ग जसले सत्तालाई नियन्त्रण गरेर राखेको थियो । उनीहरुको प्रभाव पुटिनले देखेपछि उनले एक एक गर्दै उनीहरुलाई बद्नाम गर्ने र आफ्नो बाटोबाट हटाउन थाले जसमा बोरिस बेरेव्सकी, ठुला टेल व्यापारी मिखाइल खोदोरकोव्सकी हुन् । उनले कतिलाई भ्रष्ट्राचारको आरोपमा जेल पठाए भने कैयौलाई देश छोड्न बाध्य बनाए ।

पुटिनले आफ्नो सत्ता यात्रालाई लम्ब्याउन केहि लोकप्रिय र महत्वपूर्ण काम गरे । उनले राष्ट्रवाद, सेना र धर्मलाई आगाडी ल्याउदै आफुलाई महान नेताको रुपमा उभ्याउने प्रयास गरे । उनले आफ्नो छबिलाई राष्ट्रवादको आडमा महान बनाउने प्रयास गरे र त्यसमा उनि सफल पनि भए । जनताले उनलाई सेनाको नजिक भएको र धर्ममा पनि दबदबा राख्न सक्ने नेताको रुपमा हेर्न थाले । साथै उनले रुसभित्र आफ्नो छबि अन्तर्राष्ट्रिय रुपमा कुनै देशको दबाबमा नाउने निडर नेताको रुपमा प्रस्तुत गरे जसले उनको लोकप्रियता निकै बढायो ।

पुटिनलाई सफल बनाउनुमा उनले अगाडी सरेको नियन्त्रित लोकतन्त्रको अवधारण हो । बाहिर लोकतन्त्रको कुरा गरेपनि पुटिनले यसलाई चारै तिरबाट घेरेर आफ्नो पूर्ण नियन्त्रमा राख्न सफल भए । नागरिक समाज र अन्य संघ संगठनलाई नियन्त्रण र कम्जोर बनाउन उनले आफैले आर्थिक मद्धत दिएर नयाँ संघ संस्था खोले । कहिँ कतै बाट आफ्नो विरोध हुनासाथ पुटिनले तुरुन्त आफुले बनाएका संघ संस्थालाई सडकमा उतार्थे जसले गर्दा उनका विरोधीहरु कमजोर हुदै गए ।

अहिले पनि उनको रणनिति त्यहि नै छ । हालै सम्पन्न निर्वाचनमा पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई निर्वाचनमा भाग लिन समेत पाएनन् यो पनि पुटिनको रणनितिको एउटा हिस्सा नै रहेको धेरैको बुझाइ छ ।

एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित समाचार

सि, पुटिन र मोदी त्रिपक्षीय सहयोग विस्तारमा सहमत

अर्जेन्टिना । चीन, रुस र भारतका नेता तीन देशबीचको सम्बन्ध र सहयोगका क्षेत्रको विस्तारका लागि सहमत भएका छन् । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र

पुटिन र ट्रम्पबीच यसै साता भेटवार्ता हुने

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी–२० शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने भएको छ ।  उनीहरुबीच यसै हप्ता भेटवार्ता गर्ने योजना बनेको रुसी राष्टपतिको कार्यालय क्रेम्लिनले बिहीबार

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

भारत रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नेछन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट

रसियन राष्ट्रपति पुटिन अर्को हप्ता भारत आउदै 

नयाँ दिल्ली। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् ।  अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी


z