• २०८१ बैशाख १२ बुधबार

अन्तरिक्षमा लामो समय बस्दा उचाइ मात्रै हैन, डीएनए नै बदलियो !

kharibot

विश्वका दुई सयभन्दा धेरै अनुसन्धानकर्ता अहिले एक जुम्ल्याहा अन्तरिक्षयात्रीको बारेमा अध्ययनमा जुटेका छन् । अध्येताहरुले अन्तरिक्षमा लामो समय बिताएका स्कट केली र मार्क केलीको बारेमा अध्ययन गरिरहेका हुन् । 

सो क्रममा केली दाजुभाइको जीवनपद्धति, रोगसँग लड्ने क्षमता, देख्ने क्षमता, हड्डीको बनावट, डीएनए र गट ब्याक्टेरियाले कसरी काम गर्छन् भनी यसको समीक्षा गर्ने क्रम चलिरहेको छ । खासमा नासाले यस्तै एउटा प्रोजेक्टमा काम गरिरहेको छ, अन्तरिक्षमा बस्दा मानिसको शरीरमा कस्तो प्रभाव पर्छ भन्नेबारे बुझ्नका लागि यसो गरिएको हो । 

यो परीक्षण किन पनि सफल भइरहेको छ भने स्कट र मार्क केली सिर्फ जुम्ल्याहामात्रै नभएर, एउटै देखिने जुम्ल्याहा हुन्, उनीहरु दुरुस्तै रहेका छन् । स्कट केलीले अन्तरिक्षमा करिब १ वर्ष बिताएका छन् । यो प्रोजेक्टको उद्देश्य नै लामो समय अन्तरिक्षमा बस्दा मानिसको शरीर र मस्तिष्कमा पार्ने असरको अध्ययन गर्नु हो । 

यही नतिजालाई आधार मानेर मंगलग्रहको तीन वर्षे मिसनको तयारी हुनसक्ने बताइएको छ । स्कट केलीले अन्तरिक्षमा ३ सय ४० दिन बिताएका थिए, यो नै अहिलेसम्मको लामो स्पेस मिसन हो ।

यी कुरामा आयो परिवर्तन 
- अन्तरिक्षबाट फर्किएर आउँदा स्कटको लम्बाइ २ इन्च बढ्यो । 
- उनको शरीरको बडी मास घट्यो । 
- शरीरका सबै ब्याक्टेरिया पूर्ण रुपमा बदलिएको पाइयो । 
- हड्डीको बनावट, अक्सिजनको कमी, इम्युन सिस्टम रेस्पोन्स र डीएनए रिपेयरमा पनि पूर्ण परिवर्तन देखापर्यो । 

स्ट्रेस महसुस हुन्छ 
अनुसन्धानकर्ताका अनुसार अन्तरिक्षमा रहँदा जुन स्ट्रेस (दबाब) हुन्छ, त्यसको कारण शरीरमा इम्युन रेस्पोन्सको क्रिया सक्रिय हुनपुग्छ । अन्तरिक्षमा रहँदा मन नलाग्ने कुराहरुको कारण मानिसको कोशिकामा जैविक परिवर्तन सुरु हुन्छ । यसको कारण कोशिकाहरुको घटना र काम गर्ने तरिकामा परिवर्तन देखिन्छ । 

यस्तो थियो परीक्षण 
स्कटले सन् २०१५ मा आईएसएस अन्तरिक्ष स्टेसनमा ३ सय ४० दिन बिताए । उनका जुम्ल्याहा भाइ मार्क जो आफैँ अवकाशप्राप्त अन्तरिक्ष यात्री हुन्, उनी कन्ट्रोल सब्जेक्टको लागि पृथ्वीमै रहेका थिए ।  दुई दाजुभाइको शारीरिक र मानसिक स्वास्थ्यको नक्सा बनाइयो भने स्कटको शरीरमा आएको परिवर्तन, जसमा २ इन्च बढेको उचाइ पनि सामेल छ, अस्थायी प्रतिक्रिया प्रमाणित भयो, जो अन्तरिक्षमा रहँदा गुरुत्व र कम अक्सिजनको कारण भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै