• २०८१ बैशाख ८ शनिबार

बोक्सीको आरोपमा कुटिएकी चौधरीलाई आर्थिक सहयोग

kharibot

कैलाली । बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ । 

धनगढीमा आज पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग रकम उपलब्ध गराएको हो । 

हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदेशसभा सदस्य चौधरीमार्फत सो रकम सहयोगस्वरुप उपलब्ध गराएको जानकारी सो अवसरमा दिइयो । 

बोक्सीको आरोपमा पीडित राधाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले सो रकम हस्तान्तरण गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य चौधरीले आजदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिए । 

सो अवसरमा पीडित चौधरीले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसँग आग्रहसमेत गरिन । 

गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसकै दिन गाउँकै भोले बाबा भन्ने रामबहादुर चौधरीले दुई महिला सहयोगीको साथ लिई बोक्सी लागेको भन्दै राधालाई निर्घात कुटपिट गरेका थिए । 

कुटपिटमा संलग्न हुनेहरुविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै