उत्तर कोरियाली नेता किमद्वारा पुटिनलाई बधाई

खरीबोट
ad

सोल, दक्षिण कोरिया ।  उत्तर कोरियाली नेता किम जोङ अनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार वधाई ज्ञापन गरेका छन्  । 

नेता अनको सन्देशमा भनिएको छ-'रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक वधाई छ । यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस ।' 

विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि वधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय अनले उक्त सन्देश पठाएका हुन् । 

पुटिनको रूसको राष्ट्रपतिका रूपमा पुन निर्वाचनले रसियाली जनताले उनिप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको बताएका छन् । 

पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच लामो मैत्रीपूर्ण इतिहास रहँदै आएको यसले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गर्नुभएको नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था (केसीएनए)ले जनाएको छ । 

आणविक कार्यक्रमप्रतिको मोहका कारण उत्तर कोरियामाथि विश्व समुदायबाट व्यापक प्रतिबन्धको सामना गर्दै आएको छ । 

सम्बन्धित समाचार

जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव

मस्को, रूस। रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा

चिनीयाँ राष्ट्रपति सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

भ्लादिभोस्टोक, रूस। चीनका राष्ट्रपति सी चीनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ ।  भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा

पुटिनले टर्कीका समकक्षी एर्डोगानलाई भेट्ने तयारी 

मस्को। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रिसेप तैयप एर्डोगानलाई भेट्ने तयारी गरेका छन् । इरानको तेहरानमा हुने एउटा शिखर सम्मेलनका क्रममा उनले “भेट्ने तयारी सुरु भएको” रूसी राष्ट्रपतिको कार्यालयले

पुटिनका कट्टर आलोचक नाभाल्नीलाई जेल सजाय

मस्को। रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला