• २०८१ बैशाख १३ बिहीबार

वेस्टइण्डिज विश्वकपमा छनौट, स्कटल्याण्ड बाहिरियो 

kharibot

काठमाडौँ । सन् २०१९ मा हुने क्रिकेट विश्वकपमा वेस्टइण्डिज छनौट भएको छ ।

बुधबार भएको खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई डकवर्थ लुइस नियम अनुसार ५ रनले पराजित गर्दै विश्वकप छनौटको फाइनलमा पुग्दै अर्को बर्ष इङल्याण्डमा हुने विश्वकपमा आफ्नो ठाउ सुरक्षित गरेको हो ।

बर्षाले प्रभावित भएको खेलमा १९९ रन पछ्याएको स्कटल्याण्डले ३५.२ ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाउदा ठुलो पानी परेपछि खेल रोकिएको थियो । यस अघि वेस्टइण्डिज केबल १९८ रनमा अल आउट भएको थियो । 

अब विश्वकपमा छनौट हुने अर्को टिममा तिन टिमबीच प्रतिष्पर्धा रहेको छ । जिम्बाबेले विहिबार युएईविरुद्धको खेल जितेमा फाइनलमा पुग्दै विश्वकपका लागि छनौट हुनेछ भने युएई प्रतियोगितबाट बाहिरिइसकेकाले उसले जितेमा अफगानिस्तान र आयरल्याण्डविच हुने खेलको विजेता फाइनलमा पुग्दै विश्वकपमा छनौट हुने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै