• २०८१ बैशाख ८ शनिबार

प्रेम गीत-३ को भारतमा यस्तो छ पहिलो दिनको कमाई

kharibot

काठमाडौँ । ‘प्रेमगीत ३’ नेपालमा नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको छ । नेपालमा भने हिन्दी डब घटस्थापनाबाट रिलिज हुने भएको छ । पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन भएकाले फिल्मको प्रतिक्रिया र व्यापारलाई लिएर धेरैको चासो रहेको छ ।

रिलिजको पहिलो दिन प्रेम गीत-३ ले भारतमा ९२ लाख भारतीय रुपैया कमाइ गरको छ । शुक्रबार भारतमा नेशनल सिनेमा डे भएकाले टिकटको मुल्य ७५ रुपैयाँ मात्र रहेकाले पहिलो दिनको कमाई ९२ लाख मात्र रहेको बलिवुड विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

आदर्शले लिमिटेड शोमा पनि प्रेम गीत-३ ले सरप्राइज गरेको उल्लेख गरेका छन् । शनिबारदेखि टिकट दररेट सामान्य हुने हुनाले बढी कमाइ गर्नसक्ने उनले बताएका छन् ।

समिक्षकले मन पराएनन् प्रेम गीत-३   

प्रेमगीत- ३ ले भारतीय समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाउन सकेन । भारतीय समीक्षक तथा ट्रेड एनालिस्ट कोमल नाहटाले यो फिल्मलाई कमजोर भनेका छन् । फिल्मको समीक्षा गर्दै नहाटाले फिल्मको कथामा नयाँपन नभएको, यस्तो लभस्टोरी र एक्सन ड्रामा यसअघि कयौं फिल्ममा हेरिसकेको भन्दै फिल्ममा नयाँ भन्ने केही नभएको समिक्षा गरेका छन् ।

नहाटा फिल्मको स्क्रिनप्लेलाई पनि कमजोर भनेका छन् भने फिल्मका दृश्यहरु सजिलै अनुमान लगाउने खालको रहेको, जसले दर्शकहरुलाई सरप्राइज नबनाउने उल्लेख गरका छन् ।

नहाटाले अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको अभिनयको प्रसंशा गरेका छन् भने उनले फिल्मको सबैभन्दा बलियो पक्ष संगीत, लोकेशन र छायांकन रहेको उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै