आयरल्याण्डले आफगानिस्तानलाई दियो २१० रनको लक्ष्य, रशिद खान विश्व रेकर्डको नजिक 

खरीबोट

काठमाडौँ । आसीसी विश्वकपको सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डले अफगानिस्तानलाई २१० रनको लक्ष्य दिएको छ । 

अफगानिस्तानलाई विश्वकपमा छनौट हुन् अब २१० रनको आवश्यकता रहेको छ । यस खेलको विजेता विश्वकपका लागि छनौट हुने छन् ।

टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २०९ रन बनाएको हो ।

आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्वाधिक ५५ रन बनाए भने केभिन ओ ब्रेनले ४१ र नेल ओ ब्रेनले ३६ रन बनाएका थिए ।

आयरल्याण्डलाई सस्तैमा समेट्न अफगानिस्तानका बलरले अनुशासित बलिङ गरेका थिए । अफगानिस्तानका लागि रशिद खानले ३ विकेट लिए भने दवलट जर्दानले २ र मोहमद नाबीले एक विकेट लिए ।

यसका साथै रशिद खानले एकदिवसीय खेलमा ९९ विकेट लिएका छन् । उनले ४३ खेल खेल्दै ९९ विकेट लिएका छन । यस अघि ९६ विकेट लिएका रशिदले आज ३ विकेट लिदै आफ्नो विकेट संख्या ९९ बनाएका छन् । 

विश्व क्रिकेटमा सबैभन्दा कम खेल खेलेर सय विकेट लिने रेकर्ड बनाउन उनि अब एक विकेट टाढा रहेका छन् ।

यस अघि यो रेकर्ड अस्ट्रेलियाका बलर मिच स्ट्राकको नाममा रहेको छ । उनले ५२ खेलमा सय विकेट लिने रेकर्ड बनाएका छन् ।
  
 

सम्बन्धित समाचार

टि-२० विश्वकप छनौट : अन्तिम खेलमा अपराजित नेपाल र सिंगापुरको भिडन्त आज

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज अन्तिम खेलमा सिंगापुरसँग प्रतिष्पर्धा गर्दै छ । नेपाली समय अनुसार सवा १२ बजे हुने यस खेललाई यस प्रतियोगिताको

टि-२० विश्वकप छनौटमा नेपाल आज भुटानविरुद्ध खेल्दै 

काठमाडौँ।  मलेसियामा जारि आईसीसी टि-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले आज चौथो खेलमा भूटानसँग प्रतिस्पर्धा गर्नेछ ।  यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ

टि-२० विश्वकप छनौट : चीनको खराब प्रदर्शन जारी, लगातार चौथो खेलमा पराजित 

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगितामा चीनको लागातार चौथो खेलमा पराजित भएको छ।  आज भएको खेलमा चीन म्यानमारसँग ८ विकेटको हार बेहोरेको छ। चीनले

टी–२० विश्वकप छनौटमा नेपालको लगातार दोस्रो जित, आयोजक मलेसियाविरुद्ध ८ विकेटले विजयी 

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगिताअन्तर्गत नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।  मलेसियाले दिएको


z