• २०८१ बैशाख ७ शुक्रबार

विश्वमा धेरै कमाइ गर्ने १० अभिनेताको सुची यस्तो छ, बलिवुडबाट परे तीन जना

kharibot

फोर्ब्सको सुचिमा पहिलो नम्बरमा रहेका अभिनेता मार्क वाहलबर्ग

काठमाडौँ । फोर्ब्स पत्रिकाले सन् २०१७ मा सबै भन्दा बढी कमाइ गर्ने कलाकारहरुको सुची जारी गरेको छ । संसारका धेरै कमाई गर्ने १० कलाकारको सुचिमा तीन जना बलिवुडबाट परेका छन् । 

फोर्ब्सको सूचिको पहिलो नम्बरमा डिप वाटर, द फाइटर एक्टर मार्क वाहलबर्ग रहेका छन् । वाहलबर्गको यस बर्षको कमाइ ६ अर्ब ९७ करोड रहेको छ । त्यस्तै दोस्रो स्थानमा डावेन जोन्सन रहेका छन् । उनको कमाइ ६ अर्ब ६६ करोड रहेको छ । त्यस्तै तेस्रो स्थानमा विन डिजेल रहेका छन् डिजलको कमाइ ५ अर्ब ५९ करोड रहेको छ ।

फोर्ब्सको सुचीको चौथो स्थानमा एडम सेन्डलर ५ अर्ब १८ करोड कमाउदै चौथो स्थानमा रहेका छन् । त्यस्तै पाचौ स्थानमा जैकी च्याङ रहेका छन् । उनको कमाइ ५ अर्ब २ करोड रहेको छ । छैठौ स्थानमा रबर्ट जोन जुनियर रहेका छन् । उनले यस बर्ष ४ अर्ब ९२ करोड कमाइ गरेका छन् । फोर्ब्सको सूचिको सथौ स्थानमा टम क्रुज रहेका छन् । क्रुजले यस बर्ष ४ अर्ब ४१ करोड कमाइगरेका छन् ।  

फोर्ब्सको सुचीको अठौ नम्बरमा बलिवुडका किंग खान शाहरुख खान परेका छन् । शाहरुखले यस बर्ष ३ अर्ब ८९ करोड रुपैयाँ कमाइ गरेका छन् ।

त्यसै फोर्ब्सको सूचिको नवौ नम्बरमा सलमान खान रहेका छन् । सलमानले यस बर्ष ३ अर्ब ७९ करोड कमाइ गरेका छन् ।

त्यस्तै सुचीको दशौ नम्बरमा बलिवुडकै अक्षयकुमार परेका छन् । अक्षयले सन् २०१७ मा ३ अर्ब ६४ करोड कमै गरेको फोर्ब्स पत्रिकाले जनाएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै