• २०८१ बैशाख ७ शुक्रबार

मुकेश अम्बानीका जेठा छोरा आकाशले गरे श्लोकालाई प्रपोज 

kharibot

मुम्बई । भारतको सबैभन्दा ठुलो व्यापारिक समुहका प्रमुख मुकेस अम्बानीले आफ्ना जेठा छोरा आकाश अम्बानीको विवाह भारतकै हिरा व्यापारी रशेल मेहताकी छोरीसँग गर्ने भएका छन् ।

लामो समयदेखि आकाश र श्लोका मेहताले विवाह गर्ने रिपोर्ट बाहिर आएपनि हालै आकाशले श्लोक लाइ गोवामा एक पारिवारिक जमघटमा विवाहको प्रस्ताव राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अम्बानीकै धिरुभाई अम्बानी अन्तर्राष्ट्रिय स्कुलमा सँगै पढेका उनीहरुको परिवारबीच पनि लामो समय देखिको निकटता रहेको बताइएको छ ।

आकाशले श्लोकाको बारेमा प्रतिक्रिया दिदै आफुहरु आफ्नो व्यस्तताका वावजुत पनि एकअर्कासँग नजिक रहेको र दुवैलाई एक अर्काको प्राथमिकता राम्रोसँग थाहा भएको बताएका छन् । सार्वजनिक भएको तस्विरमा श्लोकाको हातमा औठी सहित देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार आगामी जुनमा भारतीय रिति रिवाज अनुसार दुवैको विवाह हुने बताइएको छ ।
    

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै