• २०८१ बैशाख १३ बिहीबार

हरिवंश भन्छन्- कसैको प्रचारक हुन सकिदैन, हामीबाट चुनाव प्रचारको आशा नराख्नु होला

kharibot

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले आगामी निर्वाचनमा कुनैपनि उम्मेदवारको चुनाव प्रचार नगर्ने स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आचार्यले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आफूहरूमार्फत् प्रचारको आशा नगर्न सबै उम्मेदवारलाई अनुरोध गरेका हुन् ।

आचार्यले निर्वाचनमा कतिपय आत्मीय व्यक्तिहरु पनि उम्मेदवार बनेको र आफुहरुसँग प्रचारको आशा राख्नु स्वाभाविक भएको भन्दै आफ्नो आत्मियतालाई पवित्र नै राखेर आफूहरुबाट चुनाव प्रचारको अपेक्षा नगर्न अनुरोध गरेका छन् ।  

उनले भनेका छन्- 

कतिले बिर्सनै  नसकिने गुन लगाएका हुन्छन् ।
कति सङ्ग गहिरो मित्रता हुन्छ ।
कति संग नाता गासिएको हुन्छ ।
देशमा जब   निर्बाचन नजिकिन्छ  । त्यसबखत ति मित्रता , ति नाता  र आत्मिय सम्बन्ध गासिएका ब्यक्तिहरु निर्बाचनमा उमेद्वार बन्दछन्  । त्यसबखत हामी   सङ्ग केही  आशा राख्नु स्बभाबिक हो ।मलाई  चुनाबमा मद्दत  गरिदेला  ,मेरो पक्षमा भोट मागी देला भनेर ।
तर  हामी सबै  राजनितिक दल ,सबै उमेद्वारका साझा मानिस  हौ ।ब्यालेटबक्समा खसाल्ने मतपत्र को कुन चिन्न रोज्ने भन्ने कुरा  स्वविवेक हो ।
तर कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिदैन  यो हाम्रो बाध्यता हो। त्यसैले मित्रता,आत्मियता ,नाता  लाई पबित्र नै राखि चुनाबमा हामी बाट प्रचार प्रसारको आशा नगरिदिन अनुरोध गर्दछु ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै