• २०८१ बैशाख ७ शुक्रबार

बल टेम्परीङ प्रकरण : स्टिभन स्मिथलाई एक खेलको प्रतिबन्ध तथा सतप्रतिशत म्याच फि जरिवाना 

kharibot

काठमाडौं । आइसीसीले अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथलाई एक टेस्ट खेलमा प्रतिबन्ध र जारी खेलमा सतप्रतिशत म्याच फि जरिवाना गरेको छ । 

साथै अस्ट्रेलियन खेलाडी क्यामरुन बेंकरफ्टलाई खेलको ७५ प्रतिशत म्याच फि जरिवाना गरिएको छ भने आइसीसीको रेकर्डमा डीमेरिट अंक दिइएको जनाएको छ ।

आसीसीले जारी गरेको विज्ञप्तिमा दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन शनिबार बल बिगार्ने सामुहिक निर्णय गरेर आसीसीको नियम २.२.१ अनुसार कारवाही गरेको उल्लेख गरेको छ । 

स्मिथले बल बिगार्ने प्रक्रिया (बल टेम्परीङ) मा सहभागी भएको र वरिष्ठ खेलाडी हरुको सल्लाहमा यस्तो गरेको स्वीकार गरेपछि आसीसीले सो कारवाहीको घोषणा गरेको हो ।

यता अस्ट्रेलियन क्रिकेट बोर्डले आजै देखि लागु हुने गरी कप्तान स्मिथ र उपकप्तान डेभिड वार्नरलाई हटाएर टिम पेनलाई कार्यवाहक कप्तान बनाएको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टको चौथो दिन स्मिथ टिम पेनको कप्तानीमा खेल्ने पनि अस्ट्रेलियन किर्केट बोर्डले जानकारी गराएको छ ।

     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै