• २०८१ बैशाख १२ बुधबार

वेस्टइण्डिजलाई हराउदै विश्वकप छनौट प्रतियोगिताको च्याम्पियन बन्यो अफगानिस्तान 

kharibot

काठमाडौं । आइसीसी विश्वकप छनौट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । आज भएको फाइनल खेलमा वेस्टइण्डिजलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान विश्वकप छनौटको च्याम्पियन बनेको छ ।

दुवै टिम विश्वकपमा छनौट भईसकेका भएपनि प्रतियोगिताको उपाधिका लागि आइतबार खेलेका हुन् । 

फाइनलमा वेस्टइण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४०.४ ओभरमा केबल ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अफगानिस्तानलाई जित दिलाउन ओपनर मोहमद शाहजादले ८४ रनको पारी खेलेका थिए भने रहमत शाहले ५१ रन बनाएका थिए । त्यस्तै मोहमद नाबीले लगातार तीन छक्का हान्दै २७ रन नटआउट बनाएर अफगानिस्तानलाई जिताएका थिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइण्डिजले अफगानिस्तानको कसिलो बलिङका आगाडी सम्मानजनक रन बनाउन असफल भएको थियो । वेस्टइण्डिजको पुरा टिम ४६.५ ओभरमा अल आउट हुदै २०४ रन बनाएको थियो । वेस्टइण्डिजका लागि रोभमन पावेलले सर्वाधिक ४४ रन बनाए भने शीम्रोन होल्डरले ३८ रन बनाएका थिए ।

वेस्टइण्डिजलाई कम रनमा अल आउट गर्ने क्रममा १६ बर्षिय स्पिनर मुजीब उर रहमानले ४ विकेट लिएका थिए भने गुलबदीन नाबीले २ विकेट लिएका थिए । 

अफगानिस्तानका १९ बर्षिय अफ स्पिनर रशिद खानले एक विकेट लिदै एकदिवसीय क्रिकेटमा छिटो सय विकेट लिने विश्व रेकर्ड बनाएका छन् । उनले ४४ खेलमा सय विकेट लिदै अस्ट्रेलियाका मिच स्ट्राकको ५२ खेलमा सय विकेट लिएको रेकर्ड तोडेका छन् ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै