• २०८१ बैशाख १३ बिहीबार

उर्जामन्त्री पुन र अमेरीकी राजदूत टेप्लिजबीच भेटवार्ता 

kharibot

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र अमेरिकी राजदूत अलाइना बी टेप्लिज बिच शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको हो ।

मन्त्री पुनसंगको भेटमा अमेरीकी राजदूत टेप्लिजले नेपाल र अमेरिकाबिचको सम्बन्ध बलियो रहेको र आगामी दिनमा सम्बन्ध सुमधुर र मजबुत बन्ने धारणा राखेकि थिइन् ।

अमेरिकी राजदूतले उर्जामन्त्रालयको प्राथमिकताबारे चांसो राख्दै अमेरिकी सरकार उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको धारणा व्यक्त गरिन् । जवाफमा उर्जामन्त्री पुनले उर्जा क्षेत्रको विकास गर्ने सरकारको योजना रहेको भन्दै अन्तरदेशी प्रशारण लाइन निर्माण उर्जा मन्त्रालयको प्राथमिकतामा रहेको बताएको जनाइएको छ ।

उनले नेपालमा उपयुक्त लगानीको बातावरण बनेको भन्दै त्यसका लागी अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने वातावरण वनाउन सरकार तयार रहेको बताए ।

राजदूतसंगको भेटमा मन्त्री पुनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।

माओवादी केन्द्रका प्रभावशाली नेता समेत रहेका उर्जामन्त्री पुनले उर्जा आर्थीक विकासको प्रमुख आधार भएको भन्दै त्यसका लागी साना तथा ठुला परियोजना समयमै सम्पन्न गर्नको लागी मन्त्रालयले काम अगाडी बढाइरहेको दाबी गरे ।

भेटमा अमेरीकी राजदूतले अपर कर्णालीजस्ता ठुला आयोजनाहरुको सफल कार्यान्वयन भए त्यसले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न थप हौसला मिल्ने बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै