• २०८१ बैशाख ७ शुक्रबार

ल्यापटप चोरेपछि चोरले पठायो यस्तो इमेल, स्क्रिनसट भयो भाइरल !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । कतिपय चोरहरु यति विवश हुन्छन् कि चोरी पछि उनीहरुको व्यवहार इन्टरनेटमा चर्चाको विषय बन्ने गर्दछ । सामाजिक सञ्जालमा यस्ता धेरै घटनाहरू छन्, जसमा चोरहरूको उदारता देख्न सकिन्छ । वास्तवमा, उसले चोरी गर्छ र त्यसपछि 'माफ गर्नुहोस्' भन्दै आफ्नो गल्ती स्वीकार गर्दछ । हो, यदि तपाईंले यस्तो चोर देख्नु भएको छैन भने, इमेलको यो स्क्रिनसट पढ्नुहोस् । चोरहरु पनि शिक्षित हुन्छन् भन्ने थाहा हुन्छ । र हो, यही कारणले गर्दा केही प्रयोगकर्ताहरूले यो केटालाई 'कर्पोरेट चोर' भनेका छन् । 

आइतवार, ट्विटर प्रयोगकर्ता @Zweli_Thixo ले एउटा इमेलको स्क्रिनसट साझा गरे, र लेखे- हिजो राती उनीहरूले मेरो ल्यापटप चोरेका थिए र मेरो उही इमेल आईडी प्रयोग गरेर मलाई इमेल पठाए । 

यो समाचार लेख्दासम्म यो ट्विटलाई २ लाख ८५ हजारभन्दा बढी लाइक, ४० हजार रिट्वीट र तीन हजार भन्दा बढी कमेन्ट प्राप्त भइसकेको छ ।

चोरले इमेलमा लेख्यो- हेल्लो ! भाइ, मलाई थाहा छ मैले हिजो तिम्रो ल्यापटप चोरेको छु । मलाई पैसा चाहिएको थियो, किनकि म लामो समयदेखि मेरो आवश्यकताहरू पूरा गर्न संघर्ष गरिरहेको थिएँ । तिमीले एउटा रिसर्चमा काम गरिरहेको मैले थाहा पाए, मैले सो रिसर्चको पेपर यसै साथ संलग्न गरेको छु । यदि तपाइँ ल्यापटपबाट कुनै अन्य महत्त्वपूर्ण फाइल चाहनुहुन्छ भने, मलाई सोमबार दिउँसो १२ बजे अघि जानकारी दिनु । मैले ग्राहक भेटाइसकेको छु । फेरी भन्छु दाजु मलाई माफ गर । 

यो कुरा इन्टरनेटमा अहिले भाइरल भएको छ । यसबारे प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् । धेरैजसो प्रयोगकर्ताले ल्यापटप चोर्ने व्यक्तिप्रति सहानुभूति प्रकट गरे पनि कतिपय प्रयोगकर्ताले पैसा दिएर ल्यापटप आफैले किन्न सल्लाह दिएका छन् । यस्तो अवस्थामा उनको आवश्यकता पनि पूरा हुनेछ र तपाईले ल्यापटप पनि फिर्ता पाउनुहुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै