• २०८१ बैशाख ६ बिहीबार

राष्ट्र बैकले फेरी दियो भुकम्प पीडितहरुलाई सहुलियत कर्जा दिन बैंकहरुलाई निर्देशन

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैकले भुकम्प पीडितहरुको पुुर्नवासको लागि दुुई प्रतिसत व्याजमा सहुलियत कर्जा दिन पुन: निर्देशन दिएको छ । 

राष्ट्र बैकले २०७२ बैशाख १२ गते गएको शक्तिशाली भुकम्पमा परेर घरवास बिहिन भएका नागरिकको पुर्नवासको लागि यसअघि दुई प्रतिसत व्याजमा पुर्नकर्जा दिन निर्देशन दिएको थियो । 

राष्ट्र बैकको उक्त निर्देशन अनुसार काठमाडौं उपत्यका भित्र २५ लाख रुपैयाँसम्म र उपत्यका बाहिर १५ लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था रहेको छ । तर यो कर्जा एकाध बाहेक धेरै बैंक तथा फाईनान्स कम्पनीहरुले नदिएको भन्दै गुनासो आएपछि राष्ट्र बैकले आज बुधवार बैंक तथा फाईनान्स कम्पनीहरुलाई सचेत गराउँदै कर्जा दिन निर्देशन दिएको हो ।

राष्ट्र बैकका अनुसार बिसं २०७२ बैशाख १२ गते भुकम्प गएदेखि हालसम्म जम्मा २४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले सात सय ७४ जना भुकम्प पीडितहरुलाई आवास निर्माणको लागि एक अर्ब ३३ करोड रुपैयाँ कर्जा दिएकाछन । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै