• २०८१ बैशाख ७ शुक्रबार

डेंगुबाट लमजुङकि पत्रकार अधिकारीको निधन

kharibot

काठमाडौं । डेंगु संक्रमणका कारण पत्रकार चाँदनी अधिकारीको निधन भएको छ ।

लमजुङको रेडियो भोटेवडारमा कार्यरत अधिकारी डेंगु सक्रमित भई १५ कात्तिकमा लमजुङस्थित मोडल अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई थप उपचारका लागि बुधबार बिहान चितवन मेडिकल कलेज (न्यू सिएमसी) पुर्‍याइएकोमा उपचारकै क्रममा ६ः३० बजे निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा डेंगुका कारण अधिकारीको निधन भएकोमा महासंघ स्तब्ध भएको उल्लेख गरेका छन् ।

अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जावान युवा पत्रकार गुमाएको उनको भनाइ छ ।

महासचिव पुरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै