• २०८१ बैशाख ७ शुक्रबार

उर्जामन्त्री पुन र चीनियाँ राजदूत यु होङबीच भेटवार्ता, जलविद्युतमा लगानी गर्न चीन सरकार तयार

kharibot

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको हो ।

मन्त्री पुनसंगको भेटमा चिनियाँ राजदूतले  नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरीन् । 

राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चीनिया सरकार र निजी क्षेत्र ईच्छुक रहेको भन्दै त्यसका लागि सरकारले पनि उपयुक्त वातावरण वनाउनुपर्नेमा जोड दिइन् । 

चिनिया राजदूतले मन्त्री पुनसंगको भेटमा हाल चिनिया कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी गराइन् ।

उनले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चीनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताए ।  
राजदूत होङले चीनियाँ कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राखेकी थिइन् ।

उनले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन् । त्यसका लागि नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दिर्घकालिन रुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गरीन् ।  

उनले चीनियाँ सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधै तयार रहेको धारणा राखिन् ।  चीन र नेपालको राजनीतिक सम्बन्ध समेत निकै सुमधुर भएको भन्दै राजदूत होङले उर्जा मन्त्रालयसंग काम गर्न चीनिया सरकार ईच्छुक रहेको बताइन् । 

भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गरे । उर्जामन्त्री पुनले चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफुले समाधानका लागी पहल गर्ने बताइन् ।

मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागी पहल गर्न राजदूत होङलाई आग्रह गरेका थिए ।

‘नेपालमा चीनियाँ कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भिर छौ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाकि राख्दैन् ।’ भेटमा मन्त्री पुनले  भने । 

चिनिया कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागी उर्जामन्त्रालयले पहल थाल्ने मन्त्री पुनले बताए ।  वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागीताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राखे । 

माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य समेत रहेका उर्जामन्त्री पुनले रसुवा– केरुङ प्रसारण लाइनको निर्माणपछि त्यसले विजुली आयात र निर्यातमा दुवै देशलाई फाईदा पुग्ने धारणा व्यक्त गरे ।

नेपालमा चीनियाँ लगानीकर्तालाई लगानीको वातावरण गर्न सरकार तयार रहेको भन्दै मन्त्री पुनले नेपालमा उत्पादन हुने विद्युत खपत नेपालभित्रै हुने वातावरण निर्माण गरिने समेत जानकारी दिए । 

‘अहिलेसम्मको सहयोगको लागी चिन सरकारलाई म धन्यवाद दिन चाहन्छु, नेपालमा चीनियाँ लगानीकर्तालाई सहज वातावरण बनाउने जिम्मा हाम्रो भयो, तपाईहरुको तर्फबाट पनि थप लगानी होस् । ’ मन्त्री पुनले भने ।

उनले १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य भएको भन्दै त्यसका लागी ठुला आयोजना निर्माणमा सरकारको ध्यान जाने  बताए । 

राजदूतसंगको भेटमा मन्त्री पुनले ठुला आयोजना निर्माणको लागीे चीनबाट ऋण सहयोग र सहायताको विषयमा समेतछलफल भएको थियो ।राजनीतिक स्थिरता सहित शुशासन र सम्बृद्धिको वातावरण बनाउने नयां सरकारको योजना रहेको मन्त्री पुनको भनाई थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै