• २०८१ बैशाख १३ बिहीबार

सातामा ३ सय जनामा डेङ्गु सङ्क्रमण

kharibot

काठमाडौँ । पछिल्लो एक सातामा तीन सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो । 

योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।
 
२८ जना कोरोना सङ्क्रमित

आज कोभिड–१९ को २८ जनामा सङ्क्रमित थपिएको छ । देशभर गरिएको एक हजार आठ सय ७९ नमूना परीक्षणमा २८ जना सङ्क्रमित भेटिएका हुन । आज निको हुने बिरामीको सङ्ख्या १८ जना रहेको छ । योसँगै देशभर सङ्क्रमणबाट निको हुने बिरामीको नौ लाख ८८ हजार एक सय ४५ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७० छन् । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १९ रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै