• २०८१ बैशाख ७ शुक्रबार

कालीकोटमा जीप दुर्घटना- ३ जनाको मृत्यु

kharibot

मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले जानकारी दिए । 

उहाँका अनुसार जीपमा १० जना सवार थिए । उनले भने, “एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।”

घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै