यौनवर्धक औषधि भियाग्राको प्रयोग कति खतराजनक छ ? 

खरीबोट
ad

स्वास्थ्य । नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी हुने गरेको छ । 

खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् । यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ । 

भियाग्राको प्रयोग कसका लागि ? 
भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ । 

कस्तो समस्या आउँछ ? 
यसले डर लाग्दो समस्या ल्याउनसक्छ । यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ । त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ । 

कसले प्रयोग नगर्ने ? 
अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन । त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर(उच्च रक्तचाप), सुगर (चिनी रोग) भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन । मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो । 

भियाग्राले के गर्छ ? 
धेरै कुराहरुमा भियाग्राले काम गर्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाइदिन्छ भने नशाहरुलाई पनि मोटो बनाउँछ । यो लिएपछि शरीरमा रक्तसञ्चार बढ्छ भने लिंग उत्तेजना बढाइदिन्छ । 

यसको प्रयोग कहिले र कसरी गर्ने ? 
भियाग्राको प्रयोग खाना खाएपछि या नखाईकन पनि गर्न सकिन्छ । यदि आफ्नो पेट भरिने गरी खाना खाएको छ भने यसको असर देखिन केही समय लाग्छ । यौन क्रिया गर्नु एक घण्टा अघि भियाग्रा लिनु उचित हुन्छ भने अंगुर या अंगुरको जुससँग भियाग्रा कहिल्यै प्रयोग गर्नुहुँदैन किनकि यसरी लिँदा यसको असर एकदमै कम हुन्छ । 

असर धेरै भयो भने ...के गर्ने ? 
यदि भियाग्राको असर धेरै नै भयो भने डाक्टरको सल्लाह लिनुपर्छ । बेलायतमा केही पुरुषहरुले यसको धेरै असर हुँदा डाक्टरसँग सल्लाह लिने गरेका छन् । यसको प्रयोगपछि उनीहरुको लिंग उत्तेजना चार घण्टासम्म हुँदा उनीहरुलाई समस्या भएको थियो । तर यस्तो समस्या सबैलाई हुन्छ भन्ने हुँदैन । यदि यस्तो भएमा भने डाक्टरलाई तुरुन्त सम्पर्क गरिहाल्नुपर्छ । 

  • बीबीसी हिन्दीबाट । 

सम्बन्धित समाचार

भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ ।  अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो

इलाममा यौन हिंसाविरुद्ध एक महिने अभियान

इलाम । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो

सार्वजनिक स्थानमा यौनसम्पर्क गर्न सरकारकै अनुमति !

मेक्सिको । मेक्सिकोको एउटा सहरले खुल्ला स्थानमा यौनसम्पर्क गर्न  पाइने व्यवस्था गरेको छ । डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको

अमेरिकामा धर्मगुरुद्वारा एक हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरिएको प्रतिवेदन सार्वजनिक 

ह्यारिसबर्ग, अमेरिका। एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए ।  अमेरिकाको