• २०८१ बैशाख १२ बुधबार

खुम्चिदै ऐतिहासिक ५२ बिघाको झरोखर पोखरी

kharibot

बारा । बाराको ऐतिहासिक क्षेत्र सिम्रौनगढको मानव निर्मित ५२ बिगाहामा फैलिएको झरोखर पोखरी पछिल्ला दिनमा खुम्चिदै आएको छ ।

बढ्दो अतिक्रमण र मरमत सम्भारको अभावका कारण ५२ बिगाहाको पोखरी खुम्चिएर २२ बिगाहामा आएको हो ।

नेपाल भारत सिमानाको १० गजासँगै जोडिएको यो पोखरी लगभग आठ सय वर्ष पुरानो मानिन्छ । पछिल्लो समय यस पोखरीलाई नेपाली तथा भारतीय पक्षले थिचोमिचो गर्दै आएका छन् । 

दुबै पक्षबाट पेखरीका छेउछाउमा गाई भैंसी बाँध्ने , ससाना घर टहरा बनाउँने र पोखरीको माटो काट्ने जस्ता काम भईरहेको स्थानीयहरु बताउँछन् । 

तत्कालिन अवस्थामा यो पोखरी कृतिम तरिकाले निर्माण गरेको पाईन्छ । केही वर्ष अघि सम्म पोखरीका डिलमा विभिन्न जातका आँप, कटहर, लिचि जस्ता विभिन्न फलफुलका रुखहरुको घना जंगल जस्तो देखिने यो बगैंचा पनि हालका दिनमा पातलिदै गएको छ ।

यो पोखरी गुठी संस्थान बिरगंजको मातहतमा रहेपनि २०३५ साल देखि गाविस कचर्वाले ठेक्का लगाई आम्दानी लिने गरेको छ । 

पोखरीको वरीपरि अवस्थित बगैंचा र माछा पोखरी ठेक्काबाट वर्षेनी केही रकम आय आर्जन हुँने देखिएपनि पोखरीको संरक्षण सम्वद्र्धन तर्फ कसैको ध्यान पुगेका छैन् । ऐतिहासिक सिम्रौनगढ क्षेत्रमा अवस्थित यस पोखरीलाई वैज्ञानिक योजनाका साथ व्यवस्थापन गर्न सके पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने प्रसस्त संभावना रहेको स्थानीय रामेश्वर मेहता बताउँछन् । 

सिम्रौनगढ आँफैमा ऐतिहासिक र धार्मिक स्थल भएकाले यस पोखरीको उचित संरक्षण र सम्वद्र्धन तथा प्रचार प्रसार गर्न सके ठुलो सख्यामा आन्तरीक तथा वाह्य पर्यटकहरु भित्रयाई आय आर्जनमा बृद्धि गर्न सकिने देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै