• २०८१ बैशाख ६ बिहीबार

पल शाहले दिए फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

kharibot

काठमाडौँ । पल शाहले नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश उल्टाएर सफाई दिन माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

अदालतले पललाई बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना जेल सजाय र पीडित नाबालिगलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

यसअघि पनि तनहुँ र नवलपुर अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पलले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । नवलपुर जिल्ला अदालतले पललाई सजाय सुनाए पनि तनहुँ जिल्ला अदालतमा मुद्धा विचाराधिन छ । पल शाह करिब ९ महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् ।

गत फागुनमा पलविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता भएको थियो । जबर्जस्ती करणीको जाहेरी परेपछि पल फागुन १५ गते तनहुँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै