• २०८१ बैशाख ७ शुक्रबार

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावित

kharibot

फाइल तस्बीर

वेलिङ्गटन । कोभिड–१९ महामारी सुरु भएयता ४० प्रतिशत एसियाली न्युजिल्यान्डवासीले नस्लवादको अनुभव गरेका एक अध्ययनले देखाएको छ । 

अस्थायी आप्रवासी, विद्यार्थी र ग्रामीण समुदायमा बस्नेहरूले एसियाविरोधी घृणाको अनुभव गर्ने सम्भावना बढी छ । न्युजिल्यान्ड मेडिकल जर्नलमा शुक्रबार प्रकाशित एक अध्ययनले जातिवादको अनुभव डिप्रेसन, चिन्ता र कम जीवन सन्तुष्टिसँग सम्बन्धित रहेको देखाएको छ, त्यसैले उनीहरूको नतिजाले जातिवाद विरोधी हस्तक्षेपहरू सबैभन्दा बढी आवश्यक रहेको सङ्केत गर्दछ ।

अध्ययनका पहिलो लेखक अकल्याण्ड विश्वविद्यालयका रिबेका जाउङले भने, “न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ । यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ ।”

अध्ययनले न्युजिल्यान्डमा एसियाली मानिसहरूका लागि नस्लवादको अनुभव र कोभिड–१९ महामारीको पहिलो १८ महिनाका अनुभव र जीवन सन्तुष्टिबीचको सम्बन्धको वर्णन गरेको छ । 

अध्ययनले जातिवाद मुख्यतया सार्वजनिक स्थल, सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमा हुने गरेको देखाएको छ । शाब्दिक र उत्तेजनापूर्ण अभिव्यक्तिमार्फत् जातिवादी दुब्यवहार प्रकट गरिने गरेको अध्ययनले देखाएको छ ।

अध्ययनले सन् २०२१ मा गरिएको ‘क्रस सेक्शनल अनलाइन सर्वेक्षण’मार्फत एक हजार ४५२ प्रतिक्रियाहरू सङ्कलन गरेको छ । अध्ययनले कोभिड–१९ महामारीको प्रभाव र न्युजिल्यान्डमा बसोबास गर्ने एसियाली जनताको स्वास्थ्यमा एसियाली विरोधी नस्लवादको वृद्धिलाई जोड दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै