• २०८१ बैशाख १४ शुक्रबार

झाँक्रीले अगुल्टो मुखमा झोस्दा र्‍यापर हप्याक घाइते (भिडियोसहित)

kharibot

काठमाडौं । र्‍यापर मिलनजंग कुँवर उर्फ 'हप्याक' लाई झारफुक गर्ने भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेको विषय अहिले चर्चामा रहेको छ ।  नवलपरासीको कावासोतीमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्‍यापरलाई न्याय दिनुपर्ने माग उठिरहेको छ ।

हप्याकको उपचारका लागि भन्दै परिवारले नौ दिनअघि घरमा झारफुक गर्न देवचुली–१२ का ४२ वर्षीय झाँक्री दीपक सार्कीलाई बोलाएको थियो । सार्कीले झारफुक गर्ने क्रममा अगुल्टोले मुखमा पटक–पटक झोस्दा उनी गम्भीर घाइते भएका थिए । 

घाइते कुँवरको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको परिवारजनले जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शुक्रबार झाँक्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको पाठकले बताए ।

यस घटनालाई अन्धविश्वासको घटनाको रुपमा लिइएको छ । र्‍यापर झाँक्रीको अगुल्टोले पोलेर घाइते भएका र्‍यापर हप्याक भने अहिले चितवनस्थित सीएमसी अस्पतालमा उपचाररत रहेका छन् ।

टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी समेत रहेका हप्याकलाई झाँक्रीले अगुल्टो मुखमा झोसी दिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

नेपहपको श्रीपेचको टोलीले अस्पतालमा उपचारत हप्याकलाई चितवन पुगेर भेट गरेको छ । नेपहपले हप्याकको उपचारमा सहयोग गर्न अपिल गर्दै घटनाको अनुसन्धान र झाँक्रीलाई कानुनी कारवाही गर्न लाग्ने बताएको छ ।

झाँक्रीले हप्याकलाई अगुल्टो हानेको भिडियो : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै